Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

गुराँस गाउँपालिकामा तोडफाड

दैलेख  :  गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । शुक्रवार करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड गरिएको हो । गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँ सभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलित कर्मचारीहरुले शुक्रवार दिउँस १ बजेदेखि शान्तिपूर्ण आन्दोलन थालेका थिए । एक्कासी गाउँपालिकाका निर्वतमान अध्यक्ष र नेपाली काँग्रेसका पर्बु पार्टी जिल्ला सभापति कृष्ण कुमार बिसी लगायत नेपाली काँग्रेसका नेताहरुले आन्दोलनमा सहभागी हुँदा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर करार कर्मचारीको म्याद थप हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका तीन जना कर्मचारीहरु घाइते भएका छन । घाइते हुनेहरुमा गुराँस गाउँपालिका वडा नं.१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएको बताईएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर साहले आन्दोलनरत कर्मचारी र अन्यहरुले गाउँपालिकाको कार्यालय र प्रहरी माथीनै ढुगामुडा गरेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन गोली चलाएको बताए । गाउँपालिकाले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गते देखि नविकरण नहुने निर्णय गरेको थियो ।

गाउँपालिकाको कार्यालय तोडफोेड गरेपछि शनिवार गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै करार कर्मचारीको आन्दोलनमा पार्टीको नेताहरुले उचाले गाउँपालिका तोडफोड गर्न लगाइएको आरोप लगाए । उनले ५४ लाखमात्रै राजस्व संकलन हुने र एक वर्षमा तीन करोड ८६ लाख बजेट तलबभत्तामा मात्र खर्च हुने भएपछि पालिकाले त्यसको ब्यबस्थापनका लागि करार कर्मचारीको करार सम्झौता नविकरण नगर्ने भनेको भएपनि त्यसलाई राजनैतिक ढंग बाट हेरेर आफुहरु माथी नै सांघातिक हमला भएको बताए ।

उनले एकै पदमा रहेका कर्मचारीमा पनि सेवा सुविधा वितरणमा मनलाग्दी गर्ने गरिएको पाइएको बताउँदै भने नौ जना कार्यालय सहयोगी नियुक्त गरिएकोमा एकजनाले मात्रै काम गर्दै आइरहेका छन् । कार्यालय सहयोगीको नियुक्ति पाएकाहरुले नासु अधिकृतको परिचयपत्र बोकेर हिँडने गरेका छन ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइराला माथी समेत आक्रमण भएको बताउँदै बीसीले आफू सबैको जनप्रतिनिधिको रुपमा काम गर्न लागेको बताए ।उनका अनुसार सेवाग्राही कार्यालय, स्तनपान कक्षा, दर्ता चलानी, लेखा शाखा, सभाहलमा तोडफोड भएको छ । कार्यपालिकाको बैठक राखेर प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ छ ।