Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

भैसेखोरमा अस्थायी प्रहरी पोस्ट

दैलेख  :  नारायण नगरपालिका –५ मा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले उक्त प्रहरी पोस्टको उद्घाटन गरेका हुन । गाउँमा युवाहरू लागु औषध दुर्व्यसनी सँगै आपराधिक क्रियाकलपाहरु बढेको स्थानीय माग पछि भैसेखोरमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले समाजमा शात्ी सुरक्षा अमनचयन राख्न दैलेख सदरमुकामकामा रहेको प्रहरी कार्यालयले मात्र सम्भव नभएपछि स्थानीय माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गरेको बताए । उनले प्रहरी पोस्टको स्थापना सँगै समाजमा हुने विभिन्न अपराधहरू न्यूनीकरण हुने आफूले विश्वास लिएको बताए ।

प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिक बिना बर्दीको प्रहरी भएका कारण पनि प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पु¥याउनु पर्ने बताए । उनले नागरिकको सहयोगमा बिना प्रहरी सफल हुन नसक्ने बताउँदै नागरिकहरूलाई सहयोग गर्न आग्रह गरेका छन ।