Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ : प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । सर्वोच्च अदालतले शुक्रबार पोखरेलको रिट खारेज गरेको हो ।

आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । सिंह डीआईजीबाट एआईजी हुँदा उनको नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।