एमालेद्वारा विभागीय सचिवहरु मनोनयन, प्रचारमा गगन विष्ट
काठमाडौँ : नेकपा एमालेले आफ्नो विभिन्न विभागहरुको सचिवहरु मनोनयन गरेको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले प्रचार तथा प्रकाशनको सचिवमा गगन विष्ट, संगठन विभागमा सम्झना देवकोटा, परराष्ट्र मामिलाको सचिवमा अञ्जान शाक्यलाई मनोनयन गरेको हो ।
त्यसैगरी केही नया विभागहरु गठन गर्ने निर्णय समेत गरेको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै वित्त तथा कोष व्यवस्थापन –भीष्म अधिकारी, उपभोक्ता हित संरक्षण – मोहनी खनाल, श्रम तथा रोजागार –जनक चौधरी, संसदीय विभाग –सूर्य पाठक सामाजिक सेवा – नेत्रप्रसाद तिम्सिना, सांस्कृतिक – राजेश थापा, स्थानीय तह विकास – हर्क राई, संघीय मामिला तथा सामान्य प्रशासन – शिव गुरुङ उर्जा तथा जलस्रोत – पुष्पज्योति ढुंगाना, अर्थ तथा योजना –योगेन्द्र शाही, कानुन – डिल्लीराम मैनालीलाई मनोनित गरेको हो ।