Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीकाको पर्यटन दुतमा दैलेखका भरतबन्धु मनोनित


सुर्खेत  :  लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको पर्यटन दुतमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दुत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पु¥याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

शाहीकाअनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो । भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् । नेपाल प्रज्ञा प्रतिष्ठान बाट प्रकाशीत तस्वीरमा नेपाल सहित पाचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउछन् ।