शान्ति प्रक्रियाका बाँकी काम छिटै टुङ्गोमा : मन्त्री कोइराला
दैलेख : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोइराला (बन्दी)ले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई छिटै टुङ्गोमा पु¥याउने बताएका छन । कानुन मन्त्रालयले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसँग जातीय छुवाछुत सम्बन्धी अन्तरक्रिया गर्न दैलेख पुगेका मन्त्री कोइरालाले आइतबार बिहान त्रिभुवन पूर्व विद्यार्थी मञ्च दैलेखले आयोजना गरेको एक उक्त कुरा बताएका हुन ।
उनले अझै पनि शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउन बाँकी छ, ती कामहरूलाई टुङ्गोमा पु¥याउने आफ्नो पहिलो उद्देश्य रहेको बताए । उनले भने शान्ति प्रक्रियाका कामहरू टुङ्गोमा पु¥याउन सबै दलले आफूलाई जिम्मेवारी दिएर मन्त्री बनाएको भन्दै आफ्नै पालमा उक्त काम टुङ्गोमा पु¥याउने योजनाका साथ काम सुरु गरेका छौ ।
स्थानीय तहका जनप्रतिनिधिसँग छुवाछुतका विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले छुवाछुत जस्ता कुरा कसैले सत्ता सञ्चालनका लागि मात्र बनाएकाले त्यसका विरुद्धमा सबै एक हुनुपर्ने बताए । उनले भने जातीय छुवाछुत कानुनी र सामाजिक अपराध भएको बताउँदै त्यसको निरूपणका लागि स्थानीय सरकार लागी पर्नु पर्ने बताए । उनले जिल्लाको विकासका सङ्घीय सरकार र आफ्नो ठाउँबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।