बालबालिका लक्षित योजना छुट्याउन माग
दैलेख : दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरुले योजना छनौट गरेर गाउँपालिकालाई बुझाएका छन् । बालबालिकाले बालबालिका लक्षित योजना पेश गरेका हुन् । गुराँस गाउँपालिकाभर रहेका बाल क्लबका प्रतिनीधिहरुले बाल भेला गराई योजना छनौट गरेर गाउँपालिकामा पेश गरेका हुन् ।
गुराँस गाउँपालिकाका विभिन्न बाल क्लबको प्रतिनिधित्व गर्दै बालबालिकाबाट आर्थिक वर्ष २०८९/८० को वार्षिक कार्यक्रममा आफ्ना मागहरु सहित सुझाव प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गाउँपालिकाको वार्षिक कार्यक्रमका लागि आफना योजना छनौट गरि महत्वपूर्ण सुझाव दिएकोमा बालबालिकालाई धन्यवाद ज्ञापन गरे ।