Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जिसस दैलेखको प्रमुखमा स्वतन्त्र, उपप्रमुखमा एमाले विजयी


दैलेख :  जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै जिसस प्रमुखमा विजयी भएका हुन । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गर्दा सत्ता गठबन्धनमा रहेकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी छिन ।

यस्तै, जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका भएका छन । उनले ११ मत प्राप्त गरेर विजयी भएका हुन गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी छिन जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका ११ मत सहित कविताकुमारी गिरी, ११ मतसहित कोकीलाकुमारी खड्का र ११ मत सहित पूर्णा विक निर्वाचित भएका हुन ।
दलित वा अल्पसंख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित भएकी छिन ।

यस्तै, अन्य ३ जना सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका अंगबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डांगी ११ मत र अन्य सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मत सहित विजयी भएका छन ।

जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷ उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।