Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  :   पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ५ सय ८० पीसीआर परीक्षणमा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ९ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ।

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।