आठबिस नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी
दैलेख : जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी भएका छन ।
बुधवार अपरान्ह सार्वजनिक भएको मत परिणाम अनुसार नगर प्रमुखमा तर्कबहादुर बडुवालले पाँच हजार ३२७ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीले पाँच हजार ६६ मत प्राप्त गरी उप बिजेता बनेका छन ।
त्यस्तै, नगर उपप्रमुखमा कल्पना थापाले पाँच हजार ११३ मत ल्याएर विजयी हुँदा उहाँकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट उपप्रमुखको उम्मेदवार निशा थापाले चार हजार ९६५ मत प्राप्त गरी उप बिजेता बनेकी छिन । नगर प्रमुखमा उपविजेता बनेका प्रेम प्रकाश शाही अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार खड्गराज उपाध्यायसँग पराजित भएका थिए ।