थप १२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ५ सय ८० पीसीआर परीक्षणमा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ९ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ।
हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

