गठबन्धन दलले टुंग्याए महानगर र उपमहानगरको भागबण्डा
काठमाडौं : सत्ता गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डामा सहमति जुटेको छ। सबैभन्दा बढी विवाद देखिएको पोखरा, भरतपुर र नेपालगञ्ज उपमहानगरपालिकाको विवाद मिलेपछि गठबन्धनदलहरु बिच सहमती भएको हो ।
बालुवाटारमा बुधबार भएको सत्ता गठबन्धनको बैठकले महानगरतर्फ कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने भएको छ भने उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी रहेका छन्। उपप्रमुखतर्फ भने कांग्रेसले वीरगञ्ज,भरतपुर र पोखरामा पाउनेछ।
कुन दलले पाए महानगर र उपमहानगरपालिका विवरण सहित