Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पाँच महिनामा साढे ११ किलोमिटर सडक कालोपत्रे

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले आफ्नो पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । पाँच महिनाको अवधिमा स्वास्थ्यदेखि वित्तीय प्रगतिको विवरण मुख्यमन्त्री पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेका हुन् ।

 

कार्यक्रममा मुख्य मन्त्री जीवनबहादुर शाहीले हालसम्म प्रदेश भर ११.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । मुख्य मन्त्री शाहीका अनुसार प्रदेश भ एकसय ७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ भने ३० किलोमिटर सडक स्तरोन्नति साथै सात वटा सडक पुल बनेका छन् ।

यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप २०० घरधूरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत २०० गरेर ४०० घरधूरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका मुख्यमन्त्री शाहीले जानकारी दिए ।