Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दैलेखमा पाँच हजार विद्यार्थी एसइई दिँदै

दैलेख  :  वैशाख नौ गते बाट सञ्चालन हुने एसइई परीक्षामा दैलेख बाट पाँच हजार ३१४ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले दिएको जानकारी अनुसार खुल्ला र ग्रेडबृद्धि गरी पाँच हजार ३१४ विद्यार्थी सहभागी हुने जानकारी दिएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले एसइई परीक्षाका लागि २४ केन्द्र निर्धारण गरिएको बताए । उनले अघिल्लो आर्थिक वर्षमा २३ केन्द्र रहेकोमा यस पटक जनज्वोती माद्यामिक विद्यालय राकमकर्णालीका केन्द्र थपिएको जानकारी दिए । उनका अनुसार नियमित तर्फ पाँच हजार ३१४ मध्ये खुल्ला विद्यालयका एक सय २४ प्राविधिक धारका एक सय ३७ र गे्रडबृद्धिका लागि दुई सय ६६ विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।
उनले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले गरेको परिपत्र अनुसार परीक्षा केन्द्र राखिएका विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको जानकारी दिए । केन्द्राध्यक्षको नियुक्ति सँगै परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण समेत गरिएको छ ।