व्यवसायिक बाख्रा पालन गर्दै गाउँपालिका
दैलेख : गाउँपालिकाको आन्तरिक आम्दानी गरी युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक बाख्रा पालन गर्न गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ । जिल्लाको भगवतिमाई गाउँपालिका र प्रदेश सरकारको लगानीमा बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रा पालन गरिरहेको छ ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले युवाहरूलाई स्वदेशमै रोजगारी लगाउने उद्देश्यले गाउँपालिकाले बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रा पालन गरिरहेको बताए । उनले बाख्रा स्रोत केन्द्रमा एक जना पशु प्राविधिक सहित तीन जनालाई रोजगारी समेत दिएको बताए ।
उनले भने हाम्रो गाउँपालिकाको नारा नै व्यावसायिक कृषि पशुपालन र पुर्बधार हो हाम्रोमा पशुपालन राम्रो हुन्छ । यहाँको हावापानी पनि राम्रो भएका कारण हामीले पशुपालन र कृषिमा बढी जोड दिएर नागरिकको आयआर्जनमा टेवा पु¥याईरहेका छौ । उनले प्रदेश सरकारको आर्थिक ०७६÷०७७ मा एक करोड ०७७÷०७८ मा १० लाख र ०७८÷०७९ मा पाँच लाख र गाउँपालिकाको यो आर्थिक वर्ष सम्म ७५ लाख रुपियाँ लगानी गरी बाख्रा स्रोत केन्द्र निर्माण सँगै बाख्रा पालन गरिरहेको छौ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीम बहादुर विष्टले बाख्रो स्रोत केन्द्र निर्माणका लागि तीन आर्थिक वर्षको अवधिमा एक करोड १५ लाख रुपैयाँ प्रदेश बाट उपलब्ध भएको बताए । उनले गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बाख्रो स्रोत केन्द्र निर्माण गरेको र अव त्यहाँ बाट बाख्रा उत्पादन हुन सुरु भएको बताए ।
बाख्रा स्रोत केन्द्रका पशु प्राविधिक विमल थापाले बाख्रा स्रोत केन्द्रमा एक सय १५ बाख्रा रहेको बताए । उनले स्रोत केन्द्रमा लोकल जात र बोएर जातको बाख्रा रहेको जानकारी दिए । उनले पहिलो चरणमा दुई वटा खोरहरू निर्माण ५०÷५० बाख्रा राखेको र अहिले त्यही बाट एक सय १५ बाख्रा पुगेको जानकारी दिए । उनले भने गाउँपालिकाले खसी,बाख्रा वितरणका लागि आवश्यक रकम समेत तोकेको हुँदा सोही बमोजीक बिक्रि हुन्छ ।