Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

सरकार निर्वाचनसँग डराइरहेको छ : अध्यक्ष ओली

सोलुखम्बु  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचनसँग डराएको बताएका छन्। सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाएका हुन्।

उनले भने, ‘सरकार निर्वाचनसँग डराइरहेको छ। आफू पराजय हुने निश्चित भएपछि विप्लवलाई अघि सारेर चुनाव सार्न खोजेको छ।’ ओलीले विप्लव नेतृत्वको नेकपालाई सूर्य चिन्हबाट चुनाव लड्न आग्रह गरे। ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको भन्दै कांग्रेस भिजन र सिद्धान्त नभएको पार्टी भएको बताए।

उनले भने, ‘प्रचण्डकै कारण नेकपा फुट्यो। सिद्धिन लागेको प्रचण्डलाई ५३ सिटमा पुर्‍यायौं। तर, प्रचण्ड विशालु सर्प रहेछन्।’ ओलीले बाटो, विजुली र सञ्चार विकासको मुख्य मेरुदण्ड रहेको भन्दै यी बिना कुनै काम सम्भव नरहेको बताए।