Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेखका ४६ मतदानस्थल अति सबेदनशील


दैलेख  :  जिल्ला सुरक्षा समितिले दैलेखका जिल्लाका ४६ मतदान स्थल अति सवेदनशील रहेको जानकारी दिएको छ । मतदान स्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले एक सय ३६ मतदानस्थल मध्ये ४६ अति सवेदनशील, ५५ सवेदनशिल र ३५ सामान्य मतदानस्थल रहेको जानकारी दिए उनले बिगतको निर्वाचनमा भएका घटना,दलको प्रतिष्पर्धा,भौगोलीक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको बर्गिकरण गरेको बताए
उनले भने स्थानीय तह निर्वाचनमा मतदनस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाएर ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता,सुरक्षा परिचालन गर्न सुरक्षा समितिको बैठक छिटै बस्ने छ ।

सुरक्षा समितिले दिएको जानकारी अनुसार नारायण नगरपालिमा १४ मतदान स्थल सामान्य,दुल्लु नगरपालिकाका नौ मतदान स्थल सम्बेदनशील,१३ मतदान स्थल सामान्य,आठबिस नगरपालिकामा छ मतदान स्थल अतिसवेदनशील,सात मतदान स्थल सवेदनशील र दुई मतदान स्थल सामान्य रहेको जानकारी दिएको छ ।
त्यस्तै महावु गाउँपालिकामा तीन मतदान स्थल अतिसवेदनशील,छ वटा सामान्य,गुराँस गाउँपालिकामा छ मतदान स्थल अति सम्बेदनशील चार सम्वेदनशील र दुई सामान्य,डुगेश्वर गाउँपालिकामा दुई मतदान स्थल अति सम्बेदनशील,पाँच मतदान स्थल सम्बेदनशील र दुई सामान्य,नौमुले गाउँपालिकामा १० मतदान स्थल अति सम्बेदनशील र छ सामान्य,भैरवी गाउँपालिकामा तीन मतदान स्थल अति सम्बेदनशील छ मतदान स्थल सामान्य,ठाटिकाँध गाउँपालिकामा चार मतदान स्थल अति सम्बेदनशील,चार सामान्य,भगवतिमाई गाउँपालिकामा चार मतदान स्थल अति सम्बेदनशील,छ सबेदनशील र दुई सामान्य रहेको जानकारी दिएको छ ।

सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,निर्वाचन कार्यालय प्रमुखको टोलीले जिल्लाका ११ स्थानीय तह मध्ये केही स्थानीय तहमा रहेका मतदान स्थलहरुको निरीक्षण गरेको र केही स्थानीय तहमा रहेका मतदान स्थलहरुको निरीक्षण गर्नेक्रम जारी रहेको सुरक्षा समितिले जानकारी दिएको छ । सुरक्षा समितिले २०७४ सालको निर्वाचनमा जस्तो यसपटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने विश्लेषण समेत गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत मनमाया काउचाले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताइन । उनले मतदान र मतगणना स्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको जानकारी दिइन । दैलेखमा एक लाख ५८ हजार ४८९मतदाता छन् ।