Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुब्बाकुनामा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड

सुर्खेत  :  वीरेन्द्रनगर ११ को सुब्बाकुना सुर्खेतमा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको पहलमा उक्त बोर्ड स्थापना गरिएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषद्को ३ लाख ३७ हजार ९ सय ३७ रुपैया लगानीमा उक्त बोर्ड स्थापना गरिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा डिजिटल प्रविधिको प्रयोग गरि ट्राफिक सचेतना फैलाउनका लागि उक्त बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

सुब्बाकुनामा स्थापना गरिएको बोर्डको आज उद्घाटन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्याल को विशेष आथित्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।