Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

दैलेख  :  कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा मोटरसाइक र बस दुर्घटना भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दैलेखको कुसापानीबाट सुर्खेततिर छुटेको ना ४ च ख ६५५४ नम्बरको बस र सोही दिशा तर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ प ७४५९ नम्बरको मोटरसाइकले बसलाई ओभर ट्याक गर्दा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइक सवार चालक वीरेन्द्रनगर नगरपालिका–१२ का २६ वर्षीय खगेन्द्र विक घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।