Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेकपा एस छाडेर एमालेमै फर्किए भगवतीमाई गाउँपालिका अध्यक्ष

दैलेख  :  दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थापा समाजबादी पार्टिमा लागेको थिए ।

उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह लगायतका नेताहरुले स्वागत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर थापा ,वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् ।
एमालेमा फर्केको घोषणा गर्दै अध्यक्ष थापालृ भने म मूलघरमै फर्किएको छु । लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको थियो । अब एमालेमै फर्केर जनताको सेवामा खट्छु । उनले भने एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’

नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं ।’ उनले भने, ‘अब स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँघरमा केन्द्रीत हुन आवश्यक छ ।