Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मुलुकको विकास समृद्धि लागि एमालेको सरकार : ओली

दैलेख  :  पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिकाका लागि नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन जुम्लाको सिजा र कालिकोटको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाने क्रममा दैलेखमा पार्टी कार्यकर्ता भेटघाट तथा नेपाली भाषाको शिलालेखको अवलोकन गर्न दैलेखको दुल्लु पुग्नुभएका उहाँले उक्त कुरा बताएका हुन ।

उनले आफू प्रधानमन्त्री भएको बेला नेपालको बिसकाले फड्को मारेको भन्दै विकास र समृद्धि भएको देख्न नसक्ने शक्तिले आफूलाई अदालत गएर हटाएको बताए । उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण आफ्नै नेतृत्वको सरकारले सुरु गरेको बताउँदै त्यसको उत्खनन छिटै र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय जिएमआर कम्पनीले लगानी जुटाउन नसकेको भए पनि अव भने छिटै निर्माण हुन्छ ।
अध्यक्ष ओलीले दैलेख हजारौँ वर्ष अगाडी नेपालको राजधानी दुल्लु भएको बताउँदै धार्मिक,ऐतिहासिक जिल्लाको विकासका लागि यहाँका स्थानीय सरकार लाग्नु पर्ने बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बिचमा राखेर लैजानु पर्ने बताए । उनले भने सदरमुकाम देखी पालिका सम्म जोड्ने सडक कालोपत्रे गर्नका लागि शिलान्यास गरेको भए पनि अहिलेको सरकारले काम गर्न क्षमता नभएर सबै योजना काटेको आरोप लगाउदै पुन एमालेको सरकार आए काम अगाडी बढाउँछ । । उनले भुमीहिन सुकुम्बासीका समस्या,र खरको छाना भएका घर बिस्थापीत गर्ने काम आफु सरकारमा भएको बेला गरेको बताए