Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

छ सय घर खरको छानामुक्तको तयारी

दैलेख  :  नारायण नगरपालिकाका छ सय घरधुरी खरको छानामुक्त हुने भएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण घरमा खरको छाना र माटो हालेर निर्माण गरेका मुन्ना घरका कारण नागरिकहरू समस्यामा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नारायण नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा खरको छाना मुक्त र मुन्ना घर विस्थापित गर्ने नीति नगर सभा बाट पारित कार्यविधि निर्माण गरी अभियान सुरु गरेको थियो । सोही अभियान अन्तरगत हाल सम्म चार सय ५९ घरको छानामुक्त गर्न जस्तापाता वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले हिउँदको समयमा आगलागीको समस्या हुने र वर्षाको समयमा चुहिने समस्यामा रहेको नागरिकलाई यो बाध्यता बाट हटाउन खरको छाना मुक्त अभियान सञ्चालन गरिएको बताए । उनले नगरपालिका ११ वटै वडामा खरको घर र माटोको मुन्ना घरको तथ्याङ्क संकलन कार्यक्रम सुरु गरिएको बताए । उनले भने हामीले दुई वर्ष अघि नगर सभा बाट नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गरिरहेको र अहिले सम्म चार सय ५९ घरलाई जस्तापाता वितरण गरेका छौ ।

नगर प्रमुख खड्काले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारको एक करोड,नारायण नगरपालिका ३० लाख र प्रदेश सरकारको ३० लाख गरी एक करोड ६० लाखको टेन्डर आह्वान गरी पाता खरिद गरेर तीन सय १९ र थप एक सय ४० घरलाई जस्तापाता वितरण गरेको बताए । उउनले ६ सय घर मध्ये एक सय ४१ जस्तापाता बितरण गर्न यो आर्थिक वर्षमा प्रदेश सरकारको २० लाख नगरपालिकाको २० लाख गरी ४० लाखको टेन्डर आह्वान गरी जस्ता पाता खरिद गरिसकेको र बितरण भइरहेको छ ।

नगरपालिकाले यो आर्थिक वर्षमा खरको छाना भएका छ सय घर खरको छानामुक्त गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले लामो समय देखी जस्तापाता लगाएर बसेका र जीर्ण भएर चुहिने भएका घरको समेत छाना परिवर्तन गरिने बताए ।