Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

देशभर ४२ नयाँ संक्रमित थपीए

काठमाडौं  :  देशभरि पछिल्लो समय ५ हजार ४ सय ७१ जनाको कोरोना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८६ जना संक्रमणमुक्त भएका छन्।

मंगलबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। अहिले देशभरि कुल ११ हजार ९८ जना सक्रिय संक्रमित छन्। गएको २४ घण्टामा ५० हजार १ सय ५१ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।