Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

लेखा समुह दैलेखको अध्यक्षमा सुनार

दैलेख  :  लेखा समुह दैलेखको अध्यक्षमा मान बहादुर सुनार निर्वाचित भएका छन् । शनिवार दैलेख सदरमुकामको डिपार्कमा भएको भेलाले मान बहादुर सुनारको अध्यक्षतामा ११ सदस्यीय लेखा समूह सर्व सम्मत चयन गरिएको हो । समूहको खुल्ला उपाध्यक्षमा टङ्क कार्की, महिला उपाध्यक्ष तारा  थापा ,सचिव  सुनिल न्यौपाने ,कोषाध्यक्ष तिलक गौतम र सदस्यमा प्रकाश नेपाली,खगेन्द्र बि सी,लोकेन्द्र भण्डारी,,राज कसेरा,विनोद थापा,चन्द्र वीर थापा चयन भएका छन् ।
भेलाले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा भूपेन्द्र मल्ल र सदस्यमा  हर्क बहादुर शाही,हरि बहादुर थापा , महेन्द्र प्रसाद न्यौपाने र दशरथ राना चयन भएको लेखा समूह दैलेखका सचिव सुनिल न्यौपानेले जानकारी दिए । उनले दुल्लु नगरपालिका दैलेखबाट  ५८ वर्ष  निजामती सेवामा सेवा गरी सेवा निवृत्त  लेखा अधिकृत  ढाल बहादुर हमाल र वन डिभिजन कार्यालय बाट ५८ वर्ष निजामती सेवामा सेवा गरी सेवा निवृत्त भएका लेखापाल रेसम बहादुर थापा लाई कदर पत्र र मायाको चिनो सहित सम्मान गरिएको जानकारी दिए ।
उनले भने लेखा समूहको हक हित र अधिकारका लागि लेखा समूह गठन गरिएको छ ।  लेखा समूहको भेलालाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले आफ्नो हक हित र अधिकारका लागि आफ्नो तर्फ बाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।