Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

चिनियाँ विदेशमन्त्री काठमाडौंमा

काठमाडौं  :  मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका क्रममा केही बेरअघि वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन् ।

चिनियाँ विदेशमन्त्री यीलाई परराष्ट्रसचिव भरतराज पौड्यालले विमानस्थलमा स्वागत गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि विमानस्थल पुगेकी थिइन् । वाङ सोमबार पाकिस्तान पुगेका थिए । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् । उनीसँगै भ्रमण दलमा २५ सदस्यीय टोली रहेको बताइएको छ ।

आज उनको कुनै भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । भोली बिहान वाङले सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका रहेको छ । भालि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछन् । यस्तै आइतबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।