Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

चार सय गर्भवतीलाई पोषण कोसेली

दैलेख  :  गर्भावस्थामा ध्यान दिनु पर्ने खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै पूस्तौ पुस्ताको न्यून पोषण चक्रलाई तोड्न गर्भवतिमाई पोषण कोशीले संगै धोती उपहार दिएको छ । स्वास्थ्य नागरिक समृद्ध नगर भन्ने नारालाई आत्मसाथ गर्दै नगरपालिकाले गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम मार्फत नगरपालिकाका ११ वडाका गर्भवती महिलालाई पोषणको कोसेली र धोती उपहार दिएको छ ।

नारायण नगरपालिका उप प्रमुख सावित्री मल्लले गर्भवती अवस्था आफूले भोगेको बताउँदै आफू उप प्रमुख भएको बेला आफूलाई मतदान गर्ने महिलाहरूलाई केही कार्यक्रम मार्फत सम्बोधन गर्नु पर्छ भनेर यो कार्यक्रम सञ्चालन गरेको बताइन ।

उनले गर्भवती महिलालाई मात्र होइन २० वर्ष उमेर पुगेर विवाह गरेका र दुई सन्तान जन्माएका र सरकारले तोकेको स्थानमा गएर प्रसूति हुने र बच्चा लाई लगाउनु पर्ने सबै खोप लगाएका आमाहरूलाई समेत असल आमा कार्यक्रम मार्फत सम्मान गरिएको जानकारी दिइन । उनले भन्नि आफू उप प्रमुख हुनु भन्दा अगाडी एक आमा हु मैले त्यो पीडा भोगेकी छु तपाईँहरूलाई सानो भए पनि दुई हजार बरावरको पोषण कोसेली र एक थान धोतीे दिएका छौ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले गर्भवती महिलाहरूका ,साबुन,थान,नेल कटर ,फलफूल, गेडागुडी, एक क्यारेट अण्डा,गर्भवती महिलाहरूका लागि क्याल्सीयम चक्की ,जुकाको औषधी, र घरेलु धोती वितरण गरेको बताए । उनले भने पोषण कोसेलीले नौ महिना सम्म पुग्ने होइन यो एउटा अभियान हो । यो अभियान सफल भएमा नगरपालिकामा जन्मने बालक कोही पनि कुपोषण भएर जन्मने छैन ।