Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

हरित सहर निर्माण गर्न सम्झौता

सुर्खेत  :  वीरेन्द्रनगर नगरपालिकाले कर्णालीको राजधानी सहर सुर्खेतलाई हरित नगरको रुपमा विकास गर्ने भएको छ । शहरी वन विकास (विरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिका र भु–संरक्षण विभाग बिच द्विपक्षीय सम्झौता भएपछि वीरेन्द्रनगर नगरपालिका हरित नगरपालिकाको रुपमा विकास हुने भएको हो ।

कर्णालीको राजधानी रहेको नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैंया रकम सहितको सम्झौता भएपछि वीरेन्द्रनगरलाई हरित नगरको रुपमा विकास गर्ने याजनाले सार्थकता पाएको हो ।

यो कार्यक्रम अन्तरगत राजधानी शहर वीरेन्द्रनगरका सडक किनारमा वृक्षारोपण गरेर हरित शहरको रुपमा निर्माण गरिने छ । साझेदारीमा सहरी वन विकास कार्यक्रम संचालन कार्यविधि २०७७ अनुरुप कार्य गर्नुपर्नेछ । वीरेन्द्रनगर नगरपालिकालाई ग्रिनरी नगर बनाउने अवधारणा अनुरुप सडक किनारमा करौडौ मूल्यका विरुवा रोप्न थालिएको हो ।