Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

विष्टलाई तीन दिनभित्र राजीनामा फिर्ता लिन अल्टिमेटम

सुर्खेत :   नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक ठम्मर विष्टलाई तीनदिनभित्र राजीनमा फिर्ता लिन निर्देशन दिएको छन् । दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको बैठकले सो निर्देशन दिएको हो ।

उहाँलाई तत्काल पार्टी काम र सदनमा फर्किन आवश्यक निर्देशन दिने भन्दै तीन दिनको म्याद दिइएको छ ।’ माओवादी स्रोत भन्छ, ‘उहाँले त्यो म्याद भित्र पार्टी काममा फर्किने अपेक्षा पार्टी र दलले लिएको छ । यता, विष्ट भने भोली शुक्रबार सदनमा सनाखतका लागि जाने बताएका छन् ।

उनले भने, मैले सुझबुझ पूर्ण तरिकाले राजीनामा दिएको हो । आज होली भएका कारण म सनाखत गर्न कर्णाली प्रदेश सभमा जान पाएन ।’
बैठकले त्यसका अलावा सदनमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ भने महत्वपूर्ण विधेयकलाई पारित गर्न लाग्ने निर्णय गरेको हो । यस्तै, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जान माओवादीले निर्देशन दिएको छ ।