Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मृत्यु भएका दुई हजार मतदाताको नामवली हटाइयो

दैलेख  :  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तीम नामवली तयार गर्ने प्रयोजनका लागि गरिएको मतदाता नामवली अध्याबधिक (दाबी बिरोध) समेत कार्यक्रममा दुई हजार ६० जना ब्यक्तिहरुको मतदाता नामवली बाट नाम हटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले जिल्लाका ११ स्थानीय तहका ९० वडाका पञ्चिकाधिकारी बाट प्राप्त बिवरण अनुसार मतदाता नामवलीमा नाम भएका तर मृत्यु भएका ब्यक्तिहरुको नामवली हटाइएको जानकारी दिइन ।

उनले निर्वाचन आयोगको परिपत्र अनुसार फागनु १९ गते देखी २६ गते सम्म संचालन गरिएको मतदाता नामवली अध्याबधिकमा उक्त विवरण हटाइएको जानकारी दिइन । उनका अनुसार आठबिस नगरपालिकामा ७६ जना,गुराँस गाउँपालिकामा एक सय ७१ जना,नौमुले गाउँपालिकामा      दुई सय ५७ जना,नारायण नगरपालिकामा दुई सय ३० जना,दुल्लु नगरपालिकामा तीन सय ३६ जना,महावु गाउँपालिकामा दुई सय ८६ जना,भगवतिमाई गाउँपालिकामा ४६ जना,भैरवी गाउँपालिकामा एक सय ३२ जना,ठाटिकाँध गाउँपालिकामा एक सय ६ जना,डुगेश्वर गाउँपालिकामा ६१ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तीन सय ५९ जना गरी दुई हजार ६० जना ब्यक्तिको नामवली मतदाता नामवली बाट हटाइएको छ ।
त्यस्तै ५९ जना मतदाता नामवलीमा रहेको त्रुटि सच्याइएको र ५१ जनाको दोहोरो परेको हटाइएको निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ । निर्वाचन कार्यालयको अनुसार जिल्ला प्रशासन कार्यालय बाट नागरिकता लिएको र नागरिकता रद्ध भएको १ जनाको नामवली समेत मतदाता नामवली बाट हटाइएको जानकारी दिएको छ । आगमी बैशाख ३० गते हुने निर्वाचनका लागि एक लाख ६१ हजार १२० जना मतदाताले मतदान गर्नेछन ।