Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रहरी इन्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेत :  सुब्वाकुना प्रहरी चौकीका इन्चार्ज शेरसिह धामी बिरुद्ध कर्तब्य जान सम्बन्धी कसुरमा किटनी जाहेरी दर्ता भएको छ । व्यवसायी कृष्ण हमालको सुर्खेतमा शंकास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक(असई) शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिएका हुन ।

शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्धार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट गरेर मृत्यु भएको उनीहरुको आरोप छ  । दर्ता गराइएको जाहेरीमा हमालको प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ।