Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

आयुर्वेद तथा योग स्वास्थ्य शिविर संचालन

दैलेख  : आयुर्वेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिका बेस्तडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । जिल्ला आयुर्वेद अस्पताल दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महोत्व आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक कार्यक्रम अनुसार एक दिने शिविर सञ्चालन गरिएको बताए ।

उनले एक दिने आयुर्बेद तथा योग शिरिमा ६५० जना बिरामीले सेवा लिएको जानकारी दिए । उनले भने चार सय ५० महिला र एक सय ५० पुरुषले सेवा लिएका छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डाक्टर प्रज्ञा उपाध्यायले शिविरमा वाथरोग,दम, ग्याष्टिक, अमलोपीत्त, पाठेघर खसेका महिला, सेतो पानी बग्ने समस्या लगायतका रोगका बिरामी शिविरमा आएको जानकारी दिइन । शिविरमा विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क रूपमा आयुर्वेद औषधि समेत वितरण गरिएको बताइएको छ ।