Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

थप ६८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घन्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण भएका ४ हजार ९२९ नमूनामध्ये ६८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
आइतबार थप ५३८ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९८.१ प्रतिशत हो। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ५६६ जनाले खोप लगाएका छन्।