करेन्ट लागेर युवकको मृत्यु


सुर्खेत : सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो।
घरमा जोडेको बिजुलीको तार बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो।
त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन्। उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ। डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था सामान्य छ।

