जोखिममा परेका १३ जना बालबालिकालाई छात्रबृति
दैलेख : जिल्लामा हिंसा पीडित र विभिन्न कारणले जोखिमा परेका बालबालिकाहरुलाई छात्रबृति सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले छात्रबृति सहयोग उपलब्ध गराएको हो । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ महिला र बालबालिका केन्द्रले छात्रबृति सहयोग उपलब्ध गराएको हो ।
बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठका अनुसार १३ जना बालबालिकालाई छात्रबृति सहयोग गरिएको हो । श्रेष्ठका अनुसार नारायण नगरपालिकाका ३, दुल्लु नगरपालिकाका ६, नौमूले गाउँपालिकाका ३ र भैरबी गाउँपालिकाका १ जना गरी १३ जना बालबालिकाहरुलाई छात्रबृति सहयोग गरिएको हो ।
बालबालिकालाई २० वटा कपी, २० दर्जन डट्पेन, झोला, विद्यालय पोषाक सर्ट र पाइन्ट, एक दर्जन सिसाकलम, सहयोग गरिएको हो ।
बिहीवार नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले छात्रबृति हस्तान्तरण गरेका छन् । साभार