पोष्टहार्भेष्ट र बजारीकरणका बारेमा अभिमूखीकरण


दैलेख : कृषकलाई पोष्टहारर्भेष्ट र बजारीकरणका बारेमा अभिमूखीकरण गरिएको छ । गुराँस गाउँ पालिका,यु.एन.डि.पि र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीतामा संचालित कोभिट १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमीक रिकभरी परियोजना २ अन्र्तगत अभिमूखीकरण गरिएको बताइएको छ ।
गुराँस गाउँपालिकाको वडा नं १ देखि ८ सम्मका २६ वटा कृषि समुहका ५९५ जना कृषकलाई एक दिने आलु र तरकारी वालीको पोष्टहार्भेट तथा बजारीकरण सम्बन्धि अभिमूखीकरण गरिएको महिला शसक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसिले जानकारी दिइन । उनले तरकारीवालीको पोष्टहार्भेष्ट तथा वजारीकरणका वारेमा प्रस्ट पारीएको बताउँदै कृषकहरुले आलु तथा तरकारी वालिमा भोग्नुपरेको समस्या र समाधानका वारेमा पनि छलफल गरिएको बताइन । अभिमूखीकरणको सहजीकरण गुराँस गाउँपालीका कृषि शाखाका प्रमुख र अन्य कृषि अधिकृतले गरेका थिए ।

