माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु


हुम्ला : खार्पुनाथ गाउँपालिका– १ को पिउस गाउँक एक जना महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्दैगर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर महिलाको मुत्यु भएको हो ।
पिउस गाउँका ४० वर्षिया देबकी शाहीको ढिस्कोमा पुरिएर मृत्यु भएको स्थानीय जीवन छत्यालले जानकारी दिए । आज बिहान वनमा पशुबस्तुका लागि सोतर संकलन गरी खाना खाएर गाउँभन्दा एक किलो मिटर टाढाको मुसेडीमा घर लिपपोट गर्ने माटो लिन गएका बेला पुरिएर उहाँको मृत्यु भएको छत्यालले बताए ।
दुई जना बाहिर बसेको र एक जना भित्र खाल्डोमा माटो खन्दै गर्दा ढिस्को खसेर पुरिएको र घटनास्थलमै मृत्यु भएको छत्यालले बताए । मृतक शाहीका चार जना छोरी र दुई छोरा छन् ।

