Loading... आजः शुक्रबार, जेष्ठ १, २०८३
Trending

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दैलेख  :  दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका–८ तिलेपाटाकी २४ वर्षीया हीरा बडुवाललाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको आठबिस नगरपालिका–९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई छेपाडीले बच्चा नजन्मेपछि ठाटिकाँध गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा रिफर गरिएको थियो ।
प्रथामिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लक्ष्मि रावतले प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याएर उपचार पछि बच्चा जन्मिएको बताइन । उनले बच्चा जन्मिएपनि बच्चाको तौल कम भएको र रक्तश्राव अत्याधिक भएपछि प्रशासन मार्फत हेलिकप्टर मगाएर प्रथामिक स्वास्थ्य केन्द्र बाट सुत्केरीको उद्धार गरिएको बताइन ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको बताए । उनले आर्थिक वर्षको साउन देखी माघ १९ गते सम्म दश जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भएको बताए ।
बिहान ८ बजे आएको हेलिकोप्टरल प्रदेश अस्पताल सुर्खेतमा पु¥याएको थियो ।