Loading... आजः शुक्रबार, जेष्ठ १, २०८३
Trending

तीन वर्ष सम्म निर्माण हुन सकेन शिरिस्थान सडक

दैलेख  :  दैलेखको प्रमुख पर्यटकिय स्थलमा जाने शिरिस्थान सडक सम्झौता भएको तीन वर्ष सम्म निर्माण हुन सकेको छैन । संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतले शिरिस्थान सडक कालोपत्रे सहित पाँच करोडको ठेक्का आह्वान गरेकोमा सुपस्टार निर्माण कम्पनीले २९ प्रतिशत घटेर तीन करोड ५५ लाखमा ठेक्का पाएको थियो ।

सडक निर्माणको काम २०७५ साल बाट सुरु भएपनि अहिले सम्म निर्माण सम्पन्न हुन नसकेको हो । नागरिक बाट शिरिस्थान सडक निर्माण सम्बन्धि ब्यापक गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले सडकको निरक्षण गरी निर्माणको जिम्मा पाएको सुपस्टार निर्माण कम्पनीलाई तत्काल काम गर्न निर्देशन समेत दिएका थिए ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले पहिला गरेको स्टमेट नै गलत भएका कारण काममा ढिलाई भएको र कोरोना महामारीले समेत काम धकेलिएको बताए । उनले कोरोनाको दोस्रो लहर कम भइसकेपछि काम सुरु भएको अव छिटै सम्पन्न हुने बताए । उनले भने यो सडक जिल्लाबासीका लागि अत्यन्त नभई नुहने हो शिरिस्थानमा रहेको ज्वाला बाट आगो ल्याएर दाहासस्कार गर्ने चलन भएका कारण पनि बढि आवतजावत हुने सडक हो । त्यस कारण हामीले छिटौ निर्माण गर्न ठेकेदारलाई भनेका छौ ।

संघिय आयोजना कार्यान्वय इकाई सुर्खेतका प्राविधिक शिव खड्काले उक्त सकड निर्माणको काम भइरहेको बताए । उनले सडक निर्माणका काम चैत्र मसान्त सम्म सक्नु पर्नेभएपनि अझै एक सय ४० मिटर आरसिसि गर्नु पर्ने ६० वटा ग्याभिन भर्नु पर्ने काम बाँकी रहेको बताए । उनले भने आरसिसि र ग्याभिन भर्ने काम सकिएपछि १ किलोमिटर सडक कालोपत्रे गरिने बताए ।

सुपरस्टार निर्माण कम्पनीका संचालक तारा शाहीले कोरोना महामारी र गलत स्टमेटका कारण काम ढिलाई भएको बताइन । उनले सुरुमा टेन्डर गर्दा नालीको स्टमेट नभएको र त्यसलाई पुन नाली सहितको स्टमेट गरेर काम सुरु गरेको बताइन । उनले भन्नि शिरिस्थान जाने सडक ओरोलो छ त्यहा कालोपत्रे नटिक्ने भएका कारण नगरपालिका र संघिय आयोजना कार्यान्वयन इकाईले नै आरसीसी गर्ने र एक किलोमिटर मात्र कालोपत्रे गर्ने सहमती बमोजीम अहिले काम भइरहेको छ ।