Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती हुन्छ : रावल

काठमाडौं  :  नेकपा एमालेका नेता डा। भीमबहादुर रावलले विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती हुने बताएका छन् ।

नेता रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । प्रधानमन्त्रीले वा दलका नेताहरुले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने उनको टिप्पणी छ । उनले आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि स्पष्ट पारे ।

उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराइएको पनि स्पष्ट पारे ।