कर्णाली प्रदेशसभाको बैठक स्थगित
सुर्खेत : सोमवार बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दलले उठाएका मागहरु सम्बोधनका लागि छलफल जारी रहेकाले बैठक स्थगित भएको जनाइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले अध्यादेशमार्फत ल्याएको बजेट हेरफेर गर्नुपर्ने, टुक्रे योजना खारेज गर्नुपर्नेलगायतका माग राखेको थियो ।
प्रमुख प्रतिपक्ष दलले उठाएका सवाल सम्बोधन गर्न र प्रदेशसभालाई प्रभावकारी रुपमा अघि बढाउन प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले यि विषयमा छलफल गरेर टुंगोमा पु¥याउन शिर्ष नेताहरुलाई सझाव दिएको संयोजक भण्डारीले जानकारी दिए । अहिले मुख्यमन्त्री जीवनबहादुर शाही, एमाले संसदीय दलका नेता यामलाल कंडेल, माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही छलफलमा जुटेका छन् । बजेट हेरफेरको विषयमा दलका शिर्ष नेताहरुले टुंगोमा पु¥याउने बताए ।