Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

कर्णालीमा गठबन्धन पक्ष विजयी

सुर्खेत  :  राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णालीबाट गठबन्धन पक्षका उम्मेद्वार विजयी भएका छन् । वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका हुन् ।

विजयी हुनेमा महिलातर्फ नेपाली काँग्रेसका दुर्गा गुरुङले २९७०, अल्पसंख्यक तथा अपाङ्गतातर्फ नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट ३००६ र अन्यतर्फ उदयबहादुर बोहोराले पनि ३००६ मतभार ल्याएर विजयी भएका हुन । एमालेबाट उम्मेद्वार बनेका गंगा महतले १४१६, पदम माझीले १३९८ र चुडामणि शर्माले १४१६ मतभार ल्याएर पराजित भएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनकाअनुसार प्रदेश सभा सांसदसहित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १५६ गरी १९१ मतदाता रहेको कर्णालीमा १८९ मत खसेको थियो ।