एमाले दैलेखको अध्यक्षमा ६ जना आंकाक्षी ,सर्ब सम्ममतको प्रयास जारी


दैलेख : नेकपा एमालेको सातौ जिल्ला अधिबेशन नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि ६ जनाको नाम चर्चामा छ । हालसम्म बहालवाला अध्यक्ष सहित ६ जना चर्चामा रहेका हुन् ।
प्रतिनिधी सभा सदस्य एवंम् बहालवाला जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य शुसील थापा, चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही, दैलेख एमालेका संस्थापक नेता कर्ण खड्का, पूर्व जिल्ला विकास समिति उपसभापति सुर्य बहादुर शाही, औद्योगिक क्षेत्र लिमिटेडका अध्यक्ष समेत रहेका नन्द किशोर बस्नेत चर्चामा छन् ।
नेकपा एमालेको विधान महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने व्यवस्था भएकोले व्यक्तिगत रुपमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताइएको छ ।नेकपा एमालेका नेता अनुसार सर्ब सम्मत नेतृत्व चयन गर्न नेताहरु बैठक बसीरहेको बताएका छन ।
भोली सम्म सर्ब सम्मत नेतृत्व चयन नभए निर्वाचन हुने र त्यसका लागि तयारी अवस्थामा रहेको निर्वाचन मण्डलले जनाएको छ ।

