कर्मचारीको युनियनको जिल्ला अधिबेशन ,नयाँ नेतृत्व चयन हुदै
दैलेख : नेपाली काँग्रेसको शुभेक्षक भातृ संगठन नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति दैलेखको आठौँ जिल्ला अधिबेशन उद्दघाटन भएको छ ।
आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिता रानाले कर्मचारीहरुले राष्ट्र निर्माणमा गरेको योगदानको चर्चा गर्दै निजामती कर्मचारी युनियनलाई गुटगत राजनितिमा नलाग्न आग्रह गरेकी छिन ।
उनले राम्रो काम गर्दा गर्दै राजनीतिक आस्थाकै भरमा नेताहरुकै संलग्नतामा कर्मचारीहरुलाई पूर्व र पश्चिम सरुवा गर्ने प्रवृति अन्त्य हुनुपर्ने बताइन् ।
नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति दैलेखका अध्यक्ष तुलसी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई संविधान सभा सदस्य तथा पूर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्का, नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी लगाएतले सम्बोधन गरेका थिए ।
अधिवेशनमा कर्मचारी यूनियनका पूर्व अध्यक्ष लगाएतका कर्मचारीहरु सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी यूनियनका पूर्वअध्यक्षहरु लालबहादुर थापा, हरिबहादुर क्षेत्री, देवेन्द्र थापा, दलबहादुर खत्री, ढालबहादुर हमाल र खगेन्द्र भण्डारीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना, संविधान सभा सदस्य तथा पूर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्का, नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी लगाएतले सम्मान गरेका छन् ।
यस्तै ईन्जिनियर हीरासिंह थापा सम्मानित भएका छन् । संस्थागत सुदृढिकरणमा पु¥याएको योगदानको कदर गर्दै ईन्जिनियर थापालाई सम्मान गरिएको कर्मचारी यूनियनले जनाएको छ । कर्मचारी यूनियनले अधिवेशनका अबसरमा नगद रु पाँच हजार रुपैयाँ सहित मरणोपरान्त सम्मान समेत प्रदान गरेको छ । उक्त सम्मान स्वर्गीय धर्मराज जैसीका धर्मपत्नि सीता शर्मा, स्वर्गीय देवबहादुर नेपालीको धर्मपत्नि गगन नेपाली, स्वर्गीय डिलबहादुर थापाका धर्मपत्नि देवु थापा र स्वर्गीय बद्रिप्रसाद शर्माका धर्मपत्नि भद्रादेवी शर्मालाई प्रदान गरिएको हो ।नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्षका लागि दिनेश खड्का र कर्ण बहादुर थापा प्रतिष्पर्धामा रहेका छन ।