Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

नौ वर्षिय बालकको काँधमा देउकेटाको जिम्मेवारी

दैलेख :  दुल्लु नगरपालिका–२ का सुवास गिरी उमेरले नौ वर्ष पगे । अघिल्लो वर्ष शिवरात्रीको दिनमा कर्मकाण्ड गरी उहाँलाई देउकेटा चढाएपछि त्यस यता उहाँले देउकोटाको जिम्मेवारी पुराँ गर्दै आएका छन । महादेव उमावि कक्षा ३ मा अध्ययनरत गिरीका काँधमा देउकोटाको सगै आफ्नो पढाई पुरा गर्ने जिम्मेवारी थपिएको छ ।

देउकेटाले बिहान, बेलुका पूजापाठ गर्नु, मन्दिरमा आएका भक्तजनलाई टीका लगाइदिनु देउकेटाको दिनचार्या नै हुने गरेको छ । मन्दिरमा साताको मंगलबार र शुक्रबारमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लाग्ने हुनाले देउकेटालाई आफ्नो पढाइलाई निरन्तरता दिन समस्या हुने गरेको छ ।
कर्णाली नदी र लोहोरे खोलाको संगममा रहेको दैलेखको तल्लोडुंगेश्वर सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा चढाउने परम्परा कायमै रहेको छ । धार्मिक परम्पराअनुसार देउकेटा मन्दिरमा नचढाए अनिष्ट हुने, दैवी प्रकोप आउने अन्धविश्वासका कारण देउकेटा चढाउने प्रथा कायमै रहेको हो ।

यस अघि देवतालाई चढाएका जीवन गिरी एइई परीक्षा दिनुपर्ने भएको र १८ वर्ष पूरा भइसकेको हुँदा मन्दिरबाट अवकाश पाएपछि सुवास गिरी देउकेटाका रुपमा चढाइएका हुन ।
मन्दिरमा चढाएका देउकेटाले आफू बनाएको खानाबाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारीलाई नछुने चलन छ, यदि छोएमा देवता रिसाउने र पुजारी बिरामी हुने, सर्पले लखेटने घरमा अनिष्ट हुने जनविश्वास रहेको छ ।

पाठपूजा गर्नेसक्ने उमेरदेखि १६ वर्षसम्म मात्र देउकेटा राख्ने चलन छ । देउकेटाको १६ वर्षपछि बिहेबारीको अवस्था रहने भएकोले परम्पराअनुसार देउकेटा हटाउने गरेको मन्दिरका महन्थ खड्गदेव गिरीले बताए । उनले भने सानो कसैसँग शारीरिक सम्बन्ध नहुने हुदा १६ वर्षमुनिका बालकलाई मन्दिरमा चढाउँने प्रचलन रहेको छ ।

उनले दुई पुस्तार देखी आफुहरु यहि मन्दिरको संरक्षण गर्न देउकेटा र महन्थ बस्ने गरेको जानकारी दिए । उनले भने पहिलो अक्षाम र दैलेखकै देउकेटा हुने चलन थियो पछि हाम्रो परिवारले पाएपछि पुजारी र देउकेटा बस्ने गरेका हौँ आफ्ना चार भाई छोरा देउकेटा भएर अवकास पाएपछि अहिले नाती देउकेटा राखिएको जानकारी दिए ।

बालबालिकालाई धार्मिक स्थलमा देउकी, देउकेटा जस्ता कार्यमा लगाउने नहुने कानुनमा उल्लेख गरे पनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ । मानव अधिकारकर्मीले भने साथीसँग खेल्ने र रमाउने उम्मेरमा देउकेटाका रुपमा चढाएर बालबालिकालाई बन्देज गरीनु राम्रो नभएको बताएका छन ।

बालकले पनि पढ्न, लेख्न र खेल्न पाउनु उसको नैसर्गिक अधिकार हो बालबालिका सिर्जनशीलता हुने समयमा अन्धविश्वासमा अड्काउनु राम्रो नहुने भन्दै मानवअधिकर्मीले त्यसको बिरोध गरेका छन ।