Loading... आजः आइतवार, कार्तिक ९, २०८३
Trending

७८ हजारले लगाए कोरोना बिरुद्धको खोप

कमल शर्मा
दैलेख  :  महामारीका रुपमा रहेको कोभिड–१९को  नियन्त्रणका लागि दैलेखमा ७८ हजार ९४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन । पहिलो चरणमा खोप लगाउन आलटाल गरिरहेका नागरिकमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा बढी संक्रामक भएर धेरैको ज्यान गएपछि जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने संख्या समेत बृद्धि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले ७८ हजारले ९४ जना खोप लगाएको जानकारी दिए । उनले पहिलो डोज र दोस्रो डोज लगाउनेको संख्या भने ६९ हजार तीन सयले मात्र भएको बताए । उनले भने पहिलो चरणको खोप लगाएर दोस्रो चरणको खोप छुटेका आठ हजार सात सय जनालाई दोस्रो डोज खोप लगाउन बाँकी रहेको छ ।

गत वर्षको माघ महिना बाट ११ स्थानीय तह रहेको दैलेखमा खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई कोभिसिल्ड खोप दिइएको थियो ।

हालसम्म दैलेखमा कोभिड सिल्ड,भेरोसेल, जोन्सन एण्ड जोन्सनको आएर नागरिकले लगाएका छन । कोरोनाको हटस्पटका रुपमा रहेको दैलेखमा भने अहिले कोरोना संक्रमितको संख्या भने शुन्य रहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

निमित्त कार्यलय प्रमुख थीर प्रसाद रेग्मीका अनुसार दैलेखमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या तीन हजारर ८०१ जना र मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

कार्यालयले १२ वर्ष देखी १८ वर्ष सम्मका बालबालिकालाई मार्डना खोप लगाउन तयारी थालेको बताएको छ । जिल्लाका ३९ हजार आठ सय बालबालिकालाई उक्त खोप लगाउन स्वास्थ्यकर्मीलाई परिचालन गरिने जनाएको छ ।