Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

एक दिने पशु सेवा शिविर सम्पन्न

दैलेख  :  नारायण नगरपालिका–११मा एक दिने पशुस्वास्थ्य शिबिर सम्पन्न भएको छ । नारायण नगरपालिका पशुपंक्षी विकास शाखाको आयोजनामा र वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न गरिएको हो ।

शिविर उद्घाटन गर्दै नगर प्रमुख रत्न बहादुर खड्काले नारायण नगरपालिमा रहेका दुर्गमका पशुपालक किसानहरुलाई गाउँघरमै सेवा प्रदान गर्ने र प्राविधिक कुराहरुको जानकारी गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।

उनले जनतालाई गाउँघरमै सेवा पु¥याउने अभियान अन्तर्गत नगरपालिकाले यस्ता अभियानहरु सञ्चालन गर्दै आएकोले जनताले पनि नजिकको सरकारबाट सेवा लिने बिषयमा चनाखो हुनुपर्ने बताए ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख प्रचण्ड खड्काले किसानहरुले पशुपालनका क्षेत्रमा प्रभावकारी काम गरेर प्रदेश र स्थानीय सरकारको सहजिकरणमा प्रभावकारी कामहरु गर्न सक्ने भएकोले किसानहरुले आफ्ना समस्याहरुलाई पहिचान गरी उपाचार गर्नु पर्ने बताए ।

उनले पछिल्लो समयमा पशुमा देखा परेका विभिन्न रोगहरु फैलिएको बताउँदै त्यस्ता रोगहरु बाट बच्न प्राविधिकहरु संग समन्वय गर्न किसानलाई आग्रह गरे ।

नारायण नगरपालिका पशुपक्षी बिकास शाखाका प्रमुख चित्र बहादुर प्याकुरेलले शिबिरमा भैसी,बा्रखा, कुकुर लगायतका जनावरलाई खोप र आवश्यक औषधी समेत बितरण गरेको बताए । उनले नारायण ११ का दुई सय किसान शिबिर बाट लाभाम्बित भएको जानकारी दिए ।