Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

२१ सय ५० नागरिकले पाए निशुल्क बिशेषज्ञ स्वास्थ्य सेवा

दैलेख  : स्वास्थ्य सेवा कार्यालयमा गरिएको निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार एक सय ५० जना नागरिकले सेवा पाएका छन । स्वास्थ्य सेवा कार्यालयको समन्वय ,एनएमबि बैकको प्रायोजन नारायण नगरपालिकाको आयोजनामा गरिएको दुई दिने शिविरमा दुई हजार एक सय ५० नागरिकले सेवा पाएको आयोजक नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सह संयोजक लाल बहादुर खड्काले नेपालगञ्जमा रहेका बिभिन्न अस्पतालका कार्यरत २० जना बिशेषज्ञ डाक्टरको टोली बोलाएर शिविर संचालन गरिएको बताए । उनले शिवीरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर,किड्नी तथा पिसाब,दम,मृर्गी,मानसिक,यौन समस्या,आँखा, दात,नाक,कान, घाँटी, मुख स्वास्थ्य,प्रसुती सेवा सम्बन्धि समस्या,छाला,प्लास्टिक सर्जरी,बाल रोग,सम्बन्धि विशेषज्ञहरूद्वारा नि ःशुल्क परिक्षण साथै औषधी समेत निःशुल्क वितरण गरिएको बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानीय तह बाट सेवा लिन आएको बताए ।

जेष्ठनागरिक मञ्चका पुर्ब अध्यक्ष बीर बहादुर भण्डारीले जिल्लामा पहिलो पटक निशुल्क बिशेषज्ञ सेवा लिन पाएकोमा खुसी ब्यक्त गरे । उनले जेष्ठ नागरिक मात्र नभएर सबै उम्मेर समुहका नागरिकले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाएको भन्दै आयोजक सस्थालाई धन्यबाद दिए । उनले स्थानीय सरकारले यस्तै खालका कार्यक्रम संचालन गरी जनताको मन जित्न सक्नुपर्ने बताए । उनले भने गाउँमा बर्षौ देखी विभिन्न रोगले थलिएका र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घर आगनमै सेवा दिनु राम्रो हो ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले नागरिकलाई बिशेषज्ञ सेवा दिनका लागि आफ्नो निति तथा कार्यक्रममा समाबेश गरी बार्षिक पाँच लाख बिनियोजन गरेको र त्यसै अनुसार डाक्टरहरुको ब्यबस्थापन गरी बिशेषज्ञ शिविर संचालन गरिएको बताए । उनले बिशेषज्ञ चिकित्सकको टोलीलाई नगरपालिकाले कदर पत्र समेत बितरण गरेको र बिशेषज्ञ स्वास्थ्य शिविर राख्न सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।