Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

दैलेख–सुर्खेत सडक घाम ताम्ने भिर चौडाह बनाउँदै

दैलेख  :  सुर्खेत सडक खण्डमा पर्ने गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिर फोडेर सडक चौडा पार्न लागिएको छ । उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । भीरको चट्टान काटेर सडक फराकिलो बनाउने जिम्मा श्याम एण्ड शंकर कन्ट्रक्सन पाएको छ ।

डिभिजन सडक कार्यालयका अनुसार उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको छ । अहिले ३ मिटर मात्रै सडक चौडा रहेको उक्त भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर सडक चौडा गर्ने कार्यालयले जनाएको छ ।

उक्त स्थानमा चट्टान काटी सडक फराकिलो पार्ने काम सञ्चालन हुने हुँदा एक महिनासम्म ९२०७८ मंसिर १५ गतेदेखि पुस १५० गतेसम्म दैलेख सुर्खेत सडक खण्ड अबरुद्ध हुनेभएको छ । यो अवधीमा साना सवारी साधनहरू जिप, कार र मोटरसाइकल बाहेकका सवारी साधनले माथिल्लो डुङ्गेश्वर–तल्लो डुङ्गेश्वर हुँदै सुर्खेतको बांगेसिमल सडक खण्ड प्रयोग गर्नु पर्नेछ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना जारी गरी सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गाउन आग्रह गरेको छ ।