Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

काठमाडौं  : नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित भएको हो ।

आजबाट प्रदेश अधिवेश सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने निर्वाचन समितिले जनाएको छ । काँग्रेस निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले १६ जिल्लाको अधिवेशन स्थगित गरेको जानकारी दिए । उनले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको बताए ।

उनकाअनुसार सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, बाँके, अछाम, कैलाली र प्रदेश २ को को आठ वटा जिल्लामा अधिवेशन स्थगित भएको हो ।

पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर बर्दघाट सुस्तापूर्व, बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

दभझब(कबलकतजबल