Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

एमाले दैलेखले छान्यो महाधिबेशनका प्रतिनिधि

दैलेख  : नेकपा एमाले दैलेखले निर्वाचन क्षेत्र नः एक र दुई बाट महाधिबेशनमा जाने प्रतिनिधिको टुगो लगाएको छ । नेकपा एमाले दैलेखका कार्यलय सचिव यामनारायण उपाध्यायले दैलेखको दुई वटै निर्वाचन क्षेत्र बाट महाधिबेशनमा जाने प्रतिनिधिको सर्ब सम्मत चयन गरिएको जानकारी दिए । उनले निर्वाचन क्षेत्र नः एक बाट खुल्ला छ जनामा नेकपा एमाले दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रबन्द्रिराज शर्मा,प्रेम बहादुर थापा, लोमन शर्मा,तेज बहादुर चन्द,रत्न बहादुर खड्का, टोप बहादुर बिसी ,महिला तर्फ मिनासिह रखाल,सुर्य कुमारी श्रेष्ठ, दलित तर्फ गोपाल नेपाली,अम्मर बहादुर नेपाली सर्ब सम्मत चयन भएको बताए ।

उनले निर्वाचन क्षेत्र नः दुई बाट खुल्ला तर्फका महाधिबेशन प्रतिनिधिमा बिनोद कुमार शाह,धीर बहादुर शाही,सुर्य बहादुर शाही,सर्बराज महतारा,रुद्र बहादुर शाही,गंगराम दहाल,योगेन्द्रबहादुर शाही, महिला तर्फ लक्ष्मीदेबी शाह,बीना कार्की,बिष्णु थापा र दलित तर्फ हिक्मत बिक , गौमता बिक, दयाराम बिक सर्बम्मसत निर्वाचित भएको जानकारी दिए ।
नेकपा एमाले दैलेखका अध्यक्ष रबन्द्रिराम शर्माले पार्टिलाई एकताबद्ध बनाएर लैजानका लागि सर्बसम्मत रुपमा महाधिबेशन प्रतिनिधि चयन गरिएको बताए । उनले दैलेखमा नेकपा एमाले एकढिका भएको सन्देश दिन हामीले यो प्रयास गरेका थियौ सफल भयो यसले नेकपा एमालेलाई थप मजबुद बनाएर लैजाने छ ।
उचने थपे े निर्वाचन क्षेत्र नः दुईमा आठ जना खुल्ला,महिला गरी महाधिबेशनका लागि ३२ जना भन्दा बढिको उम्मेदवारी परेको भएपनि निर्वाचन नगराएरै प्रतिनिधि चयन भयो दैलेख बाट खुल्ला,महिला,दलित बाट गरी जम्मा २३ जना महाधिबेशन प्रतिनिधि चयन भएका छन ।